२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा जिल्ला विकास निर्माण योजनाका लागि प्रधानमन्त्रीलगायतको ध्यानाकर्षण गराउन डेलिगेशन जाने निर्णय

वीरगंज, ९ फागुन ।
पर्सामा गठित सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेको दुर्ई दलिय राजनीतिक संयन्त्रले संघीय सरकारको आगामी बजेटमा पर्सा जिल्लाका लागि विकास निर्माण सम्बन्धी विभिन्न योजना पार्नका लागि काठमाडौं डेलिगेशन जाने भएको छ ।

शुक्रवार वीरगंजमा बसेको दुई दलीय संयन्त्रको बैठकले आगामी चैत दोस्रो साता काठमाडौं डेलिगेशन जाने तथा प्रधानमन्त्री केपी शर्मा ओली,अर्थमन्त्री विष्णु पौडेल लगायतका सरोकारवाला मन्त्रीहरूलाई भेटेर आगामी बजेटमा पर्सा जिल्लाका लागि विकासनिर्माण सम्बन्धी विभिन्न योजना पार्नका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार, बैठकले आगामी बजेटमा नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माण, नारायणी रंगशालाको पुर्ननिर्माण, गण्डक नहरका तिलावेसहितका पुलको जीर्णाेद्वार,ठाकुरराम बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसमा थप भवनको निर्माण लगायतका लागि बजेट विनियोजन गरिदिन प्रधानमन्त्री, अर्थमन्त्री लगायतका सरोकारवाला मन्त्रीहरूलाई भेटेर आग्रह गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री, अर्थमन्त्री लगायतका मन्त्रीहरूलाई भेटेर बुझाइने ध्यानाकर्षण पत्र तयार पार्नका लागि बैठकले कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी र एमाले सचिव दासलाई जिम्मा दिने निर्णयपनि बैठकले गरेको छ ।

यस्तै बैठकमा पर्सामा कांग्रेस र एमालेबीचको राजनीतिक समझदारी लगायतका विषियमा गम्भीर समिक्षापनि भएको दासले जानकारी दिए ।
बैठकमा नेपाली काङग्रेसका तर्पmबाट पर्सा जिल्ला सभापति तथा मधेस प्रदेशका भूमी व्यवस्था कृषी तथा सहसकारीमन्त्री जनार्दन सिंह क्षेत्री, कार्यवाहक सभापति रामनारायण कुर्मी र जिल्ला सचिव इम्तियाज आलम तथा एमालेका तर्पबाट केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM