२०८२ फाल्गुन २७ गते बुधबार

पटेरवा सुगौली–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एजाज अंसारी,

फागुन २४ गते आइतबार

सबै महिला र बालिकाका लागि अधिकार, न्याय र अवसर भन्ने नारासहित ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पटेरवा सुगौली–४ स्थित आधारित अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कार्यक्रममा गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्स–रे तथा पाँच वर्षमुनिका बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा वीरगन्जस्थित सन्तारा क्लिनिकका डा. सञ्जय अग्रवाल र डा. कृति अग्रवालले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पटेरवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी तथा उपाध्यक्ष ममता महतोको उपस्थितिमा शिविर सम्पन्न भएको हो।

साथै सन्तारा क्लिनिकका म्यानेजर मोहम्मद रेयाज हुसैन लगायत स्थानीय प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो।
यस शिविरबाट स्थानीय गर्भवती महिला तथा बालबालिकाले प्रत्यक्ष लाभ लिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM