२०८२ फाल्गुन १९ गते मंगलवार

मदन साह यतिबेला नयाँ भिजन र नयाँ सोचसहित घरदैलो।

रौतहट

मेवालाल यादव 

Rastriya Prajatantra Party (राप्रपा) का तर्फबाट रौतहट क्षेत्र–१ का प्रत्यक्ष उम्मेदवार श्री मदन साह यतिबेला नयाँ भिजन र नयाँ सोचसहित घरदैलो कार्यक्रममा सक्रिय रूपमा जुटेका छन्।

रौतहट क्षेत्र–१ का विभिन्न बस्ती तथा गाउँमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका गुनासा, समस्या र सुझावहरू सुन्दै आएका छन्। घरदैलो अभियानका क्रममा उनले स्थानीय विकास, सुशासन र प्रभावकारी नेतृत्वका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार साहले राप्रपाको मूल एजेण्डालाई जनतासमक्ष स्पष्ट पार्दै संवैधानिक राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रतिनिधि सभामा ७७ सांसद र राष्ट्रिय सभामा २१ सांसद रहने व्यवस्था, संसद सदस्य मन्त्री बन्न नपाउने प्रावधान, १३ मन्त्रालय मात्र रहने संरचना, उपमन्त्री/सहायक मन्त्री/राज्यमन्त्रीको व्यवस्था नराख्ने, कार्यपालिका र न्यायपालिकामा व्यवस्थापिकाको हस्तक्षेप नहुने व्यवस्था लगायतका नीतिगत प्रस्तावहरू प्रस्तुत गरेका छन्।

त्यसैगरी संघीयता खारेज गरी पाँच विकास क्षेत्र कायम गर्ने, स्थानीय निकायलाई बलियो बनाउने, वर्गको आधारमा सीमित अवधिका लागि आरक्षण दिने, प्रत्येक महिला–पुरुषलाई २ वर्ष अनिवार्य सैनिक तालिम, संस्कृत भाषा अनिवार्य गर्ने तथा कक्षा ६ देखि १२ सम्म योग, आयुर्वेद र प्राकृतिक चिकित्सासहितको स्वास्थ्य शिक्षा अनिवार्य गराउने जस्ता एजेण्डाहरू पनि उनले मतदातामाझ राखेका छन्।

घरदैलो कार्यक्रमको अन्त्यमा उम्मेदवार साहले आगामी निर्वाचनमा राप्रपाको चुनाव चिन्ह “हलो” मा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गरेका

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM