वीरगंज। मधेश विश्वविद्यालयको प्रांगणमा आज साहित्य प्रेमीहरूको लागि ऐतिहासिक र गौरवपूर्ण कार्यक्रम सम्पन्न भयो।

यस वर्षको पुरस्कार अमेरिकामा बसोबास गर्ने प्रख्यात साहित्यकार र कवि सुभाष कुमार बैठकलाई प्रदान गरिएको छ। उहाँका कालजयी कृतिहरू ‘गाँव’ र ‘लडाई जिन्दगी के ’ मा भएको चर्चा साहित्यको गहिराइमा डुबुल्की मार्ने अवसर बनेको आयोजकहरूले बताएका छन्। सुभाष कुमार बैठकलाई नगद ११ हजार रुपैयाँ, अंग वस्त्र र प्रमाणपत्र सहित सम्मानित गरिएको छ।
समारोहको अध्यक्षता पुरस्कारका संस्थापक राष्ट्रिय कवि दिनेश गुप्ताले गर्नु भएको थियो भने मुख्य अतिथि मधेश विश्वविद्यालयका माननीय उप-कुलपति प्रा. डा. दीपक बहादुर शाक्यले गरिमामय उपस्थिती जनाउनु भएको थियो। उहाँहरूको विचार र मन्तव्यले समारोहलाई थप सम्मानजनक बनाएको आयोजक टोलीले जनाएको छ।
सुभाष कुमार बैठक जस्ता साहित्यकारले सात समुन्द्र पार बसेर पनि मातृभाषा र साहित्यलाई प्रवर्द्धन गर्दै आएका छन् भन्ने कुरा नेपाली साहित्यप्रेमीहरूका लागि गर्वको विषय रहेको छ। आयोजक समिति र पुरस्कार व्यवस्थापन टोलीको उत्कृष्ट संयोजनको प्रशंसा गरिएको छ।








