२०८२ फाल्गुन १९ गते मंगलवार

आक्रमणपछि Iranian Ministry of Interiorको नागरिकलाई शान्त रहन अपिल

Iran र Israel बीचको प्रत्यक्ष सैन्य भिडन्तको प्रभाव खाडी क्षेत्रका छिमेकी मुलुकहरूमा पनि देखिन थालेको छ।

पछिल्लो विवरणअनुसार Bahrain का विभिन्न स्थानमा शक्तिशाली विस्फोट भएका छन्। घटनापछि Bahrain Ministry of Interior ले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

यसैबीच Qatar को रक्षा मन्त्रालयले आफ्नो आकाशमा प्रवेश गरेको एक इरानी मिसाइललाई ‘Patriot’ रक्षा प्रणालीमार्फत सफलतापूर्वक नष्ट गरिएको जनाएको छ।

उता Iranian Ministry of Interior ले देशका विभिन्न सहरमा आक्रमण भएको पुष्टि गर्दै नागरिकलाई शान्त रहन अपिल गरेको छ। मन्त्रालयले शत्रु पक्षले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै वार्ताकै क्रममा आक्रमण गरेको आरोप लगाएको छ।

साथै, देशभरका प्रशासनिक निकायलाई उच्च सतर्कतामा रहन र नागरिकका आवश्यक सेवा व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिइएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM