२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहट–३ : विकास एजेन्डासहित कुन्दन कुशवाहा मतदाता भेटघाटमा सक्रिय

राैतहटको फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा चुनावी चहलपहल बढेको छ। रौतहट निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुनदन कुशवहाले बिहिवार सितलपुर, बैरगनिया मेवा र गम्हरियामा चुनाव विशेष प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको हो।

प्रचारप्रसारका क्रममा उम्मेदवार कुशवहा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो। उहाँले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विगतका समस्याहरू समाधान गर्दै सुशासन र पारदर्शितामा आधारित नेतृत्व प्रदान गर्ने बताउनुभयो।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न टोल तथा बस्तीमा पुगेर कुशवहा ले घरदैलो कार्यक्रमसमेत सञ्चालन गर्नुभएको थियो। मतदाताहरूले पनि आफ्ना समस्या र अपेक्षा राख्दै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

चुनाव नजिकिँदै जाँदा रौतहट–३ मा उम्मेदवारहरूको प्रचारप्रसार तीव्र बन्दै गएको छ। कुशवहाको आजको भेटघाट कार्यक्रमले स्थानीय तहमा चुनावी माहोल थप

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM