२०८२ फाल्गुन १९ गते मंगलवार

सार्क जर्नलिस्ट फोरमका प्रतिनिधिहरू प्रेस क्लब अफ ईन्डियामा

नयाँ दिल्ली । प्रेस क्लब अफ इन्डियामा सार्क जर्नलिस्ट फोरम अन्तर्राष्ट्रियका अध्यक्ष राजु लामा सहितकाे टोलीले भारतको नयाॅ दिल्ली स्थित वरिष्ठ पत्रकारहरु विपिन धुलिया र परमानन्द पाण्डेय सॅग सार्क राष्ट्रमा पत्रकार र पत्रकारिताको अवस्था र चुनौतीको सम्बन्धमा भेटवार्ता तथा विशेष छलफल गरेका छन् ।

 

छलफलमा सार्क जर्नलिस्ट फोरमकाे तर्फबाट अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, मानवाधिकार टुडे का सम्पादक तथा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष डा शाशिभुषण कुमार सिंह , नेवा पत्रकार दबुका राष्ट्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ , दि ब्लास्ट किंगका सम्पादक दिपेन्द्र प्रजापती, फेमस नेपाल सन्देशका प्रकाशक शैलेश साह कानु लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM