२०८२ फाल्गुन १९ गते मंगलवार

बिहारका बिधायक मैथली ठाकुरसँग सार्क जर्नलिस्ट फोरमका प्रतिनिधिहरूको दिल्लीमा भेटबार्ता

शैलेश गुप्ता 26 दिल्ली 

नयाँ दिल्ली । भारतमा रहेको बिहार सदन भवनमा विहारका बिधायक मैथली ठाकुरसँग नेपाल, भारत सम्बन्ध र दक्षिण एसियाका देशहरुको अवस्थाको सम्बन्धमा भेटवार्ता तथा छलफल भएको छ ।

 

छलफल तथा भेटवार्तामा सार्क जर्नलिस्टको फोरम अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा सहितकाे टोलीले दिल्लीमा भारत नेपाल लगायत सार्क राष्ट्रका विभिन्न देशहरुको राजनीतिक अवस्था, सुव्यवस्था र समसामयिक बिषयमा गहन छलफल तथा हालको अवस्थाको सम्बन्धमा भेटवार्ता तथा छलफल गरेका हुन् ।

 

छलफलमा फोरमका तर्फबाट अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो अब्दुर रहमान, मानवाधिकार टुडेका सम्पादक तथा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष डा शाशिभुषण कुमार सिंह, नेवा पत्रकार दबुका राष्ट्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ, दि ब्लास्ट किंगका सम्पादक दीपेन्द्र प्रजापती, फेमस नेपाल सन्देशका प्रकाशक शैलेश साह कानु लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM