२०८२ फाल्गुन १९ गते मंगलवार

मानवताको लागि आशा फाउन्डेसनद्वारा धोबिनीमा निःशुल्क आँखा शिविर

एजाज अंसारी

पर्सा, माघ २४ गते ।

पर्साको धोबिनी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मानवताको लागी आशा फाउन्डेसन को आयोजनामा शनिबार उक्त आँखा शिविर सम्पन्न भएको हो। धोबिनी गाउँपालिका–५ टोल धोबिनी स्थित श्री ने.रा.प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा २२० भन्दा बढी स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।

संस्थाका अध्यक्ष इलियास अंसारीका अनुसार विपन्न, गरिब, सुकुम्बासी तथा अस्पतालसम्म सहज पहुँच नपुगेका नागरिकलाई लक्षित गरी एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो। मानवताको लागि आशा फाउन्डेसन द्वारा पहिलो पटक आयोजना गरिएको यस शिविरमा सहभागीहरूलाई आँखा जाँच, परीक्षण तथा परामर्श सेवा अन्सारीले जानकारी दिनुभयो।

शिविरमा तिलगंगा हस्पिटल काठमाडौं बाट अनुभवी विषेशज्ञ चिकित्सकहरुको सहयोगले आजको आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM