वीरगंज, माघ १७ गते । वीरगंज महानगरपालिका वडा नं. २६ अन्तर्गत अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुशिल साह कानुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। सो अवसरमा युवावर्गको सशक्तिकरण, गुणस्तरीय शिक्षा तथा अवसरको समान पहुँचको विषयलाई प्रमुख प्राथमिकतामा राखिएको थियो।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, युवाहरू तथा पार्टीका सक्रिय कार्यकर्ताहरूले उम्मेदवारका योजना तथा एजेन्डाप्रति उत्साह व्यक्त गरेका थिए। सो क्रममा उम्मेदवार कानुले “हाम्रो मुख्य लक्ष्य युवालाई अवसर प्रदान गर्नु, शिक्षामा पहुँच विस्तार गर्नु र स्थानीय विकासमा सबैको सहभागिता सुनिश्चित गर्नु हो,” भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गरे।
उनले आगामी दिनमा विद्यालय तथा युवाकेन्द्रहरूको विकास, छात्रवृत्ति कार्यक्रमको विस्तार, साथै युवाहरूलाई लक्षित पेशागत तथा सीपमूलक तालिमका अवसरहरू सिर्जना गर्ने योजनाबारे पनि जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उम्मेदवार शुशिल साह कानुलाई सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय विकासका लागि एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।









