२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–२ को विन्दवसनीमा रास्वपाको घरदैलो सम्पन्न, “अबको परिवर्तन युवाको नेतृत्व” नारा गुञ्जियो

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

घरदैलो अभियानका क्रममा “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित रास्वपाका नेता–कार्यकर्ताहरू स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा रास्वपाका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

रास्वपाले आगामी दिनहरूमा पर्सा–२ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM