२०८२ फाल्गुन १९ गते मंगलवार

बहुदरमाई–६ मा रास्वपाको वडा भेला सम्पन्न, युवाहरूमा ‘परिवर्तनको आशा’

वीरगन्ज, १२ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको उपस्थितिमा बहुदरमाई नगरपालिका वडा नं ६ भौराटारमा साँझ रास्वपाको वडा भेला सम्पन्न भएको छ।
भेलामा विभिन्न पृष्ठभूमिबाट आएका स्थानीय युवाहरू स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै आगामी निर्वाचनको चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन्।

advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाहरू नै देश परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुरानो राजनीति, निराशा र अवसरको अभावबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिनु भएको छ। यो केवल समर्थन होइन, परिवर्तनको स्पष्ट सङ्केत हो।” जिल्लाभर युवाहरूको समर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै उहाँले नयाँ राजनीतिक संस्कार युवाहरूसँगै स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा रास्वपाका नगर अध्यक्ष चन्दन यादवले पनि युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिका लागि रास्वपा विकल्प बनेको धारणा राख्नुभयो।
भेलामा सहभागी स्थानीय युवा विकास कुशवाहले विगतमा धेरै नेताहरू देखिए पनि अपेक्षित काम नदेखिएको अनुभव सुनाउँदै युवाहरू अब सचेत र विकल्प खोज्ने अवस्थामा पुगेको बताए। “हामीले धेरै नेताहरू देख्यौँ, भाषण धेरै सुन्यौँ, तर काम देखेनौँ। अब युवाले नेतृत्व खोजेको हो, र त्यो विकल्प रास्वपामा देखेका छौँ,” उनले भने। सफा राजनीति र जवाफदेही नेतृत्वको अपेक्षासहित बहुदरमाई–६ का अधिकांश युवाहरूले घण्टी छापमा मतदान गर्ने निर्णय गरेको पनि उनले बताए।
वडा भेलाले युवाहरूको मनोभाव, परिवर्तनको चाहना र नयाँ राजनीतिक विकल्पप्रतिको विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूको भनाइ

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM