२०८२ फाल्गुन १९ गते मंगलवार

धोबिनी–पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर शाक्यद्वारा मनोनयन दर्ता

धोबिनी,६ माघ,

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट टेकबहादुर शाक्यले मनोनयन दर्ता गराएका छन्। उनको मनोनयन दर्तापछि अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि क्रमशः आफ्नो उम्मेदवारी दर्ता गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। देशभरका निर्वाचन केन्द्रहरूमा मनोनयन प्रक्रिया जारी रहँदा विभिन्न राजनीतिक दलबीच चुनावी गतिविधि क्रमशः तीव्र बन्दै गएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM