२०८२ फाल्गुन १९ गते मंगलवार

यमुनामाई गाउँपालिकामा  राष्ट्र निर्माण दल नेपालको १५ सदस्यीय नगर कमिटी गठन

मेवालाल यादव

राष्ट्र निर्माण दल नेपालले आफनो संगठन विस्तार गर्ने क्रममा यमुनामाई गाउँपालिकामा नगर समितिको रुपमा विस्तार गरेका छन् ।

 

 

यमुनामाई गाउँपालिकामा उपस्थित भएका नेता एवं कार्यकर्ताहरु बीच गहन छलफल पश्चात मो.अफताब आलमको अध्यक्षतामा १५ सदस्य यमुनामाई गाउँपालिकामा नगर समितिका गठन गरेका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रमुख अतिथि मेवालाल कुमार  यादवले राष्ट्र निर्माण दल नेपालको राजनीतिक दर्शन, संगठनात्मक लक्ष्य तथा भावी कार्य योजनाबारे प्रकाश पारेका थिए ।

 

देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद र राजनीतिक अस्थिरताको अन्त्यका लागि जनआधारित र जिम्मेवार राजनीतिक शक्तिको आवश्यकतालाई औंल्याउँदै राष्ट्र निर्माण दल नेपाल निर्माण भई त्यस तर्फ अघि बढिरहेको बताए ।

 

 

केन्द्रिय सदस्य तथा बिशिस्ट अतिथी इस्तयाक अहमदले सम्बोधन गर्दै स्थानीय तहमा संगठन मजबुत नबनाई राष्ट्रिय राजनीति सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्दै नवगठित नगर कमिटीलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।

 

 

सो नगर समिति गठन कार्यक्रममा  केन्द्रिय सदस्य संगीत चौधरी , सन्जिव सिंह , गौर नगरपालिकाको नगर अध्यक्ष , सचीव सुन्दर यादव  ,  राष्ट्र निर्माण दल नेपालका नेताकार्यकर्ता , विभिन्न वर्ग, समुदाय र पेशागत क्षेत्रका नागरिकहरू , समाजसेवी, बुद्धिजीवी, दलित समुदायका प्रतिनिधि, महिला, जेन–जी युवा लगायत विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समाजका व्यक्तिहरू सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM