२०८२ फाल्गुन १९ गते मंगलवार

पिपुल फस्ट पार्टीद्वारा पर्सा क्षेत्र नं. १ र ४ का लागि उम्मेदवार सिफारिस

वीरगंज – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि ‘पिपुल फस्ट पार्टी’ले पर्सा जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

पार्टीका पर्सा जिल्ला संयोजक वीरेन्द्र कण्ठले केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जावेद इकवाल हैदर र निर्वाचन क्षेत्र नम्बर ४ बाट फिरोज अन्सारीको नाम सिफारिस गरिएको जानकारी दिनुभएको हो।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा सक्रिय रहेको जनाउँदै स्थानीय मुद्दा र जनताको अपेक्षालाई प्राथमिकतामा राखेर उम्मेदवार सिफारिस गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM