वीरगञ्ज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट चुनाव लड्ने सम्भावनाबारे त्यहाँका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छलफल गरेका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ का विषयमा छलफलपछि बालेनले आइतबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। उनले सबैलाई शुभकामना दिँदै लेखेका छन्,
“शुभकामना सबैलाई। हामी आउँदै छौँ।”









