पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०५ भिस्वा तथा बन्जारीमा २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
भिस्वामा अवस्थित बिओपी भिस्वा तथा बन्जारीद्वारा आयोजित उक्त कार्यक्रममा भिस्वा, बन्जारी र जयमंगलापुरका विपन्न दलित परिवारका ७१ जनालाई न्यानो कम्बल वितरण गरिएको हो।
कार्यक्रममा बिओपी भिस्वाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी निरीक्षक रोशन श्रीनेत तथा सशस्त्र प्रहरी गुल्म लाहावरथकरी, पर्साका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ उप्रेतीको उपस्थितिमा कम्बल वितरण गरिएको थियो।
सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्वअन्तर्गत चिसो मौसममा विपन्न समुदायलाई राहत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।









