२०८२ फाल्गुन १९ गते मंगलवार

सिरहामा नव दुर्गा युवा क्लबद्वारा गरिब तथा जेष्ठ नागरिकलाई न्यानो सहयोग

नरेशचन्द्र बरबरिया

सिरहा।सिरहा नगरपालिका–१२ गम्हरिया, सारस्वरमा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै नव दुर्गा युवा क्लबले गरिब, असहाय तथा जेष्ठ नागरिकहरूलाई न्यानो सहयोग प्रदान गरेको छ।

क्लबको आयोजनामा दुर्गा मन्दिरको प्राङ्गणमा आज आयोजित कार्यक्रममा दिनप्रतिदिन चिसो बढ्दै गएपछि कठ्याङ्ग्रिदो मौसमबाट बच्नका लागि ५० थान फाइबर सिरक तथा टोपी वितरण गरिएको हो।

जाडो बढेसँगै दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उल्लेख गर्दै क्लबले विशेष गरी आर्थिक रूपमा विपन्न, असहाय तथा जेष्ठ नागरिकहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको युवा शिवराम यादवले जानकारी दिनुभयो।

कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि, क्लबका पदाधिकारी, युवा स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM