२०८२ फाल्गुन १९ गते मंगलवार

बीओपी औरैयाद्वारा अवैध सामान बरामद, १० लाख ५४ हजार बराबरको सामग्री नियन्त्रणमा

मेवालाल यादव

रौतहट । बीओपी औरैयामा कार्यरत सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ मिति २०८२/०७/०१ गते हाजिर भएपश्चात सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै विभिन्न चरणमा अवैध सामान बरामद गर्न सफल भएका छन्।

प्राप्त विवरणअनुसार कार्तिक महिनामा मोटरसाइकल, कपडा, सुर्ती तथा मदिरासहित रु. २,८८,०००, मंसिर महिनामा मोटरसाइकल र मोबाइल पार्ट्ससहित रु. ३,२०,३००, र पौष महिनामा मोटरसाइकल, मदिरा, कपडा तथा सिरिन्जसहित रु. ४,४६,००० बराबरको अवैध सामग्री बरामद गरिएको छ।

हालसम्म बीओपी औरैयाद्वारा कुल रु. १०,५४,३०० बराबरको अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ। सीमा क्षेत्रमा तस्करी तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको पनि बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM