२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–३ मा परिवर्तनको जोश, रूपेश पाण्डेको उम्मेदवारीले राजनीति तातेको छ

शैलेश गुप्ता

पोखरिया । पर्सा जिल्ला निर्वाचन क्षेत्र–३ मा युवा उद्यमी रुपेश कुमार पाण्डे को उम्मेदवारीले राजनीतिक माहोल तताएको छ। नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा उनको नाम सिफारिस भएसँगै क्षेत्रीय राजनीति नयाँ मोडमा पुगेको छ।
दिर्घ समयदेखि परम्परागत नेताबाट असन्तुष्ट मतदाताहरू परिवर्तनको आशा लिएर पाण्डेमा आकर्षित भएको देखिन्छ। युवा पुस्ताका लागि नयाँ सोच र स्पष्ट भिजन प्रस्तुत गर्ने पाण्डे, व्यवसायिक सफल अनुभवलाई राजनीतिसँग जोड्दै पारदर्शिता र उत्तरदायित्वका पक्षधर बनेका छन्।

उहाँले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिँदै, आधुनिक प्रविधि, प्राविधिक शिक्षा, स्थानीय स्वास्थ्य सेवा विस्तार र धार्मिक एवं प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्। पर्सा–३ को पोखरिया, पकहाँ, महुवन, श्रीपुर बजार र दुधेश्वर नाथ महादेव धार्मिक स्थललाई व्यवस्थित र आधुनिक बनाउने योजना पनि उहाँको एजेन्डामा छ।
पाण्डेको उम्मेदवारीले युवा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सबल बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेको छ। सामाजिक समावेशिता, सुशासन र भ्रष्टाचार विरुद्धको कडा अडान पनि उनका मुख्य प्रतिबद्धताहरू हुन्।

जनमतमा देखिएको सक्रिय समर्थन र सामाजिक सञ्जालमा बढ्दो रुचिले जनाउँछ कि पाण्डेको पक्षमा मतदाताहरू उन्मुख हुँदैछन्। यही कारण विपक्षी दलहरू रणनीति बदल्न बाध्य देखिएका छन्।
पुस २२ गते नेकपा एमालेको क्षेत्रीय समन्वय समितिले पाण्डेको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिसकेको छ। आगामी फागुन २१ को निर्वाचनमा पर्सा–३ का मतदाताले नयाँ पुस्ताको प्रतिनिधित्व र विकासको विकल्पको रूपमा देखिएका पाण्डेको भिजनलाई कति विश्वास गर्छन् भन्ने कुरा स्पष्ट हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM