२०८२ फाल्गुन १९ गते मंगलवार

बिरगंज महानगरपालिका वडा नं २का खेलाडीहरु छपबैयामा समानीत 

शैलेश गुप्ता २३ पौष पोखरिया 

वार्डकप नकाउट तुनामेन्त फस्ट मैच बिरगंज महानगरपालिका वडा नं २ छपकैया का क्रिकेट खेलाडीहरु विजय प्राप्त गरेका छन। सो बिजयी खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ।

उक्त कार्यक्रममा बिरगंज महानगर पालिका वडा नं २ का वडा अध्यक्ष महमद रियाज आलमले खेलाडीहरुको मनोबल बढाउँदै गम्छा ओढाई टिका माला लगाई सम्मान खेलाडीहरुलाई गरिएको छ । खेलाडीहरुको सम्मन गर्दा छपकैया बासिहरु हर्सित भएका छन। आफनै गाउँ टोलका केटाहरुले क्रीकेटमा उत्कृष्ट नतिजा प्राप्त गरी जित हासिल गरेको मा खेलाडीहरुलाई गाउँ वासीहरुले धन्यवाद दिदै आउने दिनमा छपकैयालाई खेल बाट नै राष्टिय अन्तराष्ट्रिय जगतमा चिनाउने छन भनने गाउँ बासीहरुले विश्वाश गरेका छन । खेलाडीहरुको जित खेलाडीहरुमा सिमित नभई यो जित सम्पुर्ण छपकैया बासीहरुको भएको टिपणी गरेका छन । वडा अध्यक्ष रेयाज मियाले खेलाडीहरुलार्य शुभकामना दिदै धन्यवाद दिएका हुन । वडा अध्यक्ष मियाको अध्यक्ष्तामा भएको सम्मान कार्यक्रममा खेलाडीहरु सहित छपकैयाका युवा बुद्धिजिवी , गाउवासी लगायत धद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM