२०८२ फाल्गुन १९ गते मंगलवार

जाडोले प्रभावित विपन्न बस्तीमा राहत, अंशु सिंहको नेतृत्वमा कपडा वितरण

 

रौतहटको राजदेवी नगरपालिका–९, ब्रह्मपुरीमा चिसो मौसमका कारण जनजीवन अस्तव्यस्त बनेको अवस्थामा गरिब तथा विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा तथा आवश्यक सामग्री वितरण गरिएको छ ।

 

राजदेवी नगरपालिकाकी पूर्व उप–मेयर तथा मेयर प्रत्यासी अंशु सिंहको नेतृत्वमा हरेक वर्ष झैँ यस वर्ष पनि जाडो राहत कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्थानीय गरिब, असहाय तथा सीमान्तकृत परिवारलाई ज्याकेट, सलवार–चिट, लुगा–कपडालगायत जाडो छल्न सहयोगी सामग्री वितरण गरिएको थियो ।

 

राहत वितरण कार्यक्रममा बोल्दै नेतृ अंशु सिंहले भन्नुभयो, “जाडोको कठ्यांग्रिने चिसोमा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन् । उनीहरूको पीडामा सानो भए पनि मल्हम लगाउने उद्देश्यले हरेक वर्ष निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएका छौँ ।

 

जाडो बढेसँगै दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका समुदायलाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यले समाजमा सहकार्य, सहयोग र मानवीय संवेदनशीलता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

 

स्थानीयवासीहरूले चिसो मौसममा न्यानो सामग्री पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता कार्यक्रमले गरिब तथा विपन्न वर्गको जीवनमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

 

स्थानीय तहमा निरन्तर रूपमा सञ्चालन हुँदै आएका यस्ता मानवीय पहलले सामाजिक सद्भाव मजबुत बनाउनुका साथै विपन्न समुदायप्रतिको दायित्व स्मरण गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM