२०८२ फाल्गुन १९ गते मंगलवार

ज्योती_डिस्टिलरीमा_बोइलर_विस्फोट

आज बिहान रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ स्थित ज्योती डिस्टिलरीमा बोइलर विस्फोट भएको खबर छ । घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लगिँदै गरिएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। घटनाको कारण, मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।

स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले घटनास्थलमा सुरक्षा कडा बनाएका छन् ।

सबै प्रभावितजनाप्रति हाम्रो संवेदना । घटना बारे थप जानकारी आउँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM