२०८२ फाल्गुन १९ गते मंगलवार

बंगलादेशमा हिन्दु युवकको हत्या विरुद्ध गौरमा विशाल विरोध प्रदर्शन

पुस ९ अशोक यादब ।

बंगलादेशमा क्रूरतापूर्वक हत्या गरिएका हिन्दु युवक दिपु चन्द दासका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग गर्दै हिन्दुवादी संस्थाहरूको आह्वानमा रौतहटको सदरमुकाम गौरमा विशाल विरोध प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेका अमानवीय अत्याचार, हिंसा र लक्षित हत्याको कडा निन्दा गर्दै उक्त घटनाले सम्पूर्ण हिन्दु समाजलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्।

निर्दोष युवक दिपु चन्द दासको हत्या कुनै एक व्यक्तिमाथिको मात्र आक्रमण नभई मानवता, धार्मिक सहिष्णुता र लोकतान्त्रिक मूल्यहरूमाथिको गम्भीर प्रहार भएको उनीहरूको भनाइ छ।

त्यसैले जाति, धर्म र समुदायभन्दा माथि उठेर सबै नेपाली नागरिक सचेत, एकजुट र जागरूक हुन आवश्यक रहेको उनीहरूको जोड थियो।

प्रदर्शनका क्रममा दोषीहरूलाई कडा सजाय दिन, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार छानबिन गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM