२०८२ फाल्गुन १९ गते मंगलवार

नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. वीरेन्द्रराज पोखरेलको मधेस प्रदेशमा भव्य स्वाग

मेवालाल यादव

मधेस प्रदेश । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा अपाङ्गता अधिकार विज्ञ डा. वीरेन्द्रराज पोखरेलको मधेस प्रदेशमा भव्य स्वागत गरिएको छ। हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँको स्वागत कार्यक्रम आयोजना गरिएको हो।

स्वागत कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रौतहटबाट राजेश शाह, सर्लाहीबाट शिवनाथ राउत, तथा बाराबाट जितेन्द्र प्रसाद पटेललगायतले डा. पोखरेललाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा सहभागी नेताहरूले डा. पोखरेलको विजयलाई समावेशी राजनीतितर्फको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्ने दिशामा उहाँको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे।

डा. पोखरेलले स्वागतप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र समावेशी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले मधेस प्रदेशका जनताको अपेक्षा र विश्वासलाई कार्यमार्फत पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM