२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा जसपा नेपालको प्रत्यक्षतर्फ चारै क्षेत्रमा एकल उम्मेदवार सिफारिस

मेवालाल यादव 

रौतहट 

 

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ।

 

पार्टीको जिल्ला तथा प्रदेशस्तरीय छलफलपछि गरिएको सिफारिस अनुसार रौतहट क्षेत्र नं. १ बाट योगेन्द्र राय यादव, क्षेत्र नं. २ बाट राम आशीष यादव, क्षेत्र नं. ३ बाट गोविन्द्र चौधरी र क्षेत्र नं. ४ बाट राजकुमार दास तत्मा लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा अघि सारिएको हो।

 

जसपा नेपालले संगठनात्मक सुदृढीकरण, क्षेत्रीय प्रतिनिधित्व र स्थानीय जनभावनालाई ध्यानमा राख्दै उम्मेदवार चयन गरिएको बौधिमाइ नगरपालिकाको पुर्व नगर प्रमुख तथा रौतहट जिल्ला अध्यक्ष राजिव रन्जन उर्फ राजु यादवले बताएका छन । पार्टी नेतृत्वले सिफारिस गरिएका उम्मेदवारहरूलाई जनताको मुद्दा उठाउने सक्षम र अनुभवी व्यक्तित्वका रूपमा प्रस्तुत गरेको यादवले बताए ।

 

पार्टीका अनुसार अब औपचारिक उम्मेदवारी दर्ता तथा चुनावी अभियानलाई तीव्रता दिइनेछ। रौतहटमा जसपा नेपालको संगठन मजबुत रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उत्साहजनक परिणाम आउने पार्टीको विश्वास रहेको यादवले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM