२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा प्रतिनिधि सभाका लागी क्षेत्र समन्वय समिति गठनका लागि बैठक बोलाइयो 

मेवालाल यादव 

जसपा–नेपालका संघीय संसदीय बोर्डले प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि उम्मेदवार छनोट प्रक्रिया तिव्र बनाएको छ। संघीय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको नामावली २०८२ पौष १५ गतेभित्र र समानुपातिक तर्फका उम्मेदवारको नामावली २०८२ पौष १ गतेभित्र प्रदेश समितिमा पठाउन जिला समितिहरूलाई निर्देशन दिएको छ।

 

यही निर्णयअनुसार, जसपा नेपाल, रौतहट जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गर्न विशेष बैठक बोलाइएको छ। बैठक मिति २०८२/०८/२७ गते (शनिबार), दिउँसो १ बजे, उद्योग वाणिज्य संघ गौरको सभाहलमा आयोजना हुनेछ।

 

जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजिव रन्जन (राजु) यादवले सामाजिक सञ्जालमार्फत रौतहट जिल्लाभरि रहेका पार्टीका नेता–कार्यकर्ता सबैलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन्।

 

बैठकमा प्रतिनिधि सभा निर्वाचनका पूर्वतयारी, संगठन संरचना, क्षेत्रगत समन्वय तथा उम्मेदवार सिफारिससम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM