२०८२ फाल्गुन १९ गते मंगलवार

धोबिनी–५ सानो धोबिनी जाने मुख्य पुल भत्किँदा यातायात रोकियो, स्थानीयले भने – “एक महिनाअघि नै चेतावनी दिएका थियौँ, कसैले सुनेन।

एजाज अंसारी धोबीनी 

धोबिनी गाउँपालिका–५ मा रहेको सानो धोबिनी जाने मुख्य पुल भत्किएपछि स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्। पुल कमजोर भएको जानकारी स्थानीयले एक महिनाअघि नै गाउँपालिका र सम्बन्धित अधिकारीलाई गराए पनि समयमै मर्मत नहुँदा आज पूरा संरचना भत्किएको छ।

धान काटेर घर लैजाने समय भएकाले किसानहरू अहिले सबैभन्दा बढी प्रभावित छन्। ट्र्याक्टर वा अन्य सवारी पुलबाट जान नसक्दा धान खेतमै थन्किएको छ। बलियो विकल्प नहुँदा स्थानीयले भारी जोखिमसहित उम्किने बाटो खोज्न बाध्य छन्।

 

एक स्थानीयवासीका अनुसार, “हामीले समयमै जानकारी दिएका थियौँ। पुलमा समस्या देखिएको बताइएका थियौँ। निरीक्षणको माग पनि गरेका थियौँ। तर कसैले सुनेन। आज पुल भत्केर बाटो बन्द भएको छ। यसको जिम्मा कसले लिने?”

स्थानीयले तत्काल वैकल्पिक व्यवस्था र पुलको पुनर्निर्माणको माग गर्दै गाउँपालिका र सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको भनाइमा, यदि समयमै निरीक्षण र मर्मत भएको भए आजको जस्तो स्थिति आउने थिएन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM