२०८२ फाल्गुन १९ गते मंगलवार

धनुषा–२ मा जसपा नेपालको क्षेत्रीय विस्तारित बैठक सम्पन्न

मेवालाल यादव

जसपा, नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामअशिष यादवको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा धनुषा क्षेत्र नं. २ अन्तर्गतको क्षेत्रीय समिति विस्तारित बैठक औरही गाउँपालिकाको परबाहामा सम्पन्न भएको छ ।

 

बैठकमा पार्टीको हालसम्मको गतिविधि, संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना तथा निर्वाचन तयारीबारे विस्तृत छलफल गरिएको थियो।

बैठकले संगठनात्मक क्षमता विस्तार, स्थानीय तहमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउने तथा आगामी राजनीतिक課्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने निर्णय गरेको छ।

 

 

 

कार्यक्रममा विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य–प्रदेश सांसद ममता मण्डल, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, जसपा नेपालका वरिष्ठ नेता तथा पूर्व सांसद शैलेन्द्र कुमार यादव, नेता इ. विजय मण्डल, जनकनन्दनी गाउँपालिकाका अध्यक्ष विपेन्द्रदेव यादव, पूर्व प्रदेश सदस्यद्वय अब्दुल शेख र राजकुमार यादव सहितका अग्रणी नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM