२०८२ फाल्गुन १९ गते मंगलवार

लागूऔषध गाँजा सहित एक जनालाई पक्राऊ

अशोक यादव

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ सुन्दरबस्ती टोल निवासी ३३ वर्षीय सुमन तामाङ योन्जनलाई गाँजा सहित प्रहरीले पक्राऊ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरीक्षक अनिल तामाङको कमाण्डमा खटिएको टोलीले घरमा चेकजाँच गर्ने क्रममा उनले सुत्ने कोठाको पलङको घर्रामा बिक्री वितरणका लागि तयार पारिएको ४ किलो ७५० ग्राम गाँजा फेला पारेको जनाएको छ।

घटनास्थलबाट नगद रू. ८,१८० समेत बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM