२०८२ फाल्गुन १९ गते मंगलवार

फरार प्रतिवादी ला’गूऔषध (ब्राउन सुगर) सहित पक्राउ

अशोक यादव

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित आफ्नै घर नजिकैबाट बैंकिङ कसुरका फरार प्रतिवादी भोला साह कलवार (अन्दाजी ३२ वर्ष) लाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ।

प्रहरी सहायक निरीक्षक निलेश पाठकको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कलवारको पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

यसै घटनामा संलग्नताको आशंकामा चन्द्रपुर नगरपालिका–६ बस्ने २८ वर्षीय राजेश राईलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM