२०८२ फाल्गुन १९ गते मंगलवार

राजीव रञ्जन यादवले जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवबाट प्रमाणपत्र ग्रहण

मेवालाल यादव

रौतहट।जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित तीनदिने आवासीय प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ। प्रशिक्षण समापन कार्यक्रमका प्रमुख अतिथि तथा जसपा नेपालका केन्द्रीय अध्यक्ष, ‘संघीयताको जननी’ उपेन्द्र यादवले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका छन्।

Advertiesment

उक्त अवसरमा जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजीव रञ्जन यादवले अध्यक्ष यादवबाट प्रमाणपत्र ग्रहण गरेका छन्।

प्रशिक्षणमा सहभागीहरूलाई पार्टीको संगठन सुदृढीकरण, नीति–सिद्धान्त, संघीयता कार्यान्वयन, नेतृत्व विकास तथा राजनीतिक व्यवस्थापनका विविध विषयमा गहन अभिमुखीकरण प्रदान गरिएको थियो।

Advertiesment

कार्यक्रमले नेतृत्व तहदेखि (जसपा संरचना) सम्म कार्यसम्पादन क्षमता वृद्धि गर्ने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थावद्ध बनाउने अपेक्षा गरिएको यादवले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM