२०८२ फाल्गुन १९ गते मंगलवार

४ मोटरसाइकलसहित २२ बोरा रासायनिक मल बरामद

अशोक यादव

रौतहट । रौतहट प्रहरीले भारतबाट भन्सार छली गुजरा नगरपालिकाको मैरा हुँदै चन्द्रपुरतर्फ ल्याइँदै गरिएको २२ बोरा भारतीय रसायनिक मल बरामद गरेको छ।
गुजरास्थित रंगपुर चौकीबाट प्रहरी सहायक निरीक्षक जीवनराम धितालको नेतृत्वमा खटिएको टोलीले
ना.२४ प.६२३२, BR300N 2752, BR33Y5302, र BR05N 8983 नम्बरका ४ वटा मोटरसाइकल सहित मल फेला पारेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रहरी अनुसार मोटरसाइकल चालकहरू भने प्रहरी देख्नासाथ फरार भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM