२०८२ फाल्गुन १९ गते मंगलवार

समुदायिक उत्थानशीलता अभिवृद्धिका लागि ४ दिने प्राथमिक उपचार तालिम सम्पन्न

मेवालाल यादव

रौतहट । परोहा नगरपालिका र कटहरिया नगरपालिका (रौतहट) तथा चकरघट्टा गाउँपालिका (सर्लाही) का सामुदायिक विपद् व्यवस्थापन समिति तथा प्राथमिक उपचार कार्यदलका सदस्यहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म संचालित ४ दिने पहिलो सहायता (First Aid) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिम आसमान नेपालले Mercy Corps Nepalको सहकार्यमा सञ्चालित Climate Resilience for Communities (CRC) Program अन्तर्गत आयोजना गरेको हो। तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी, रौतहट जिल्ला शाखाका अनुभवी प्रशिक्षकहरूद्वारा गरिएको थियो, जहाँ सहभागीहरूलाई आकस्मिक अवस्था व्यवस्थापन सम्बन्धी आधारभूतदेखि उन्नत सीपहरू प्रदान गरियो।

तालिममा रक्तस्राव रोक्ने प्रविधि, फ्र्याक्चर तथा मोचको उचित व्यवस्थापन, जलन उपचार, घाइतेलाई सुरक्षित रूपमा सार्ने तरिका, सास अवरुद्ध भएका व्यक्तिलाई सहयोग गर्ने विधि, श्वासप्रश्वाससम्बन्धी आपतकालीन अवस्था पहिचान र CPR (Cardio-Pulmonary Resuscitation) लगायतका विषयमा विस्तृत व्यावहारिक अभ्यास गराइएको थियो। साथै दुर्घटना स्थल व्यवस्थापन तथा प्राथमिक जोखिम मूल्यांकन गर्ने सीपसमेत प्रशिक्षणमार्फत विकसित गरियो।

सहभागीहरूले तालिमको व्यावहारिकता, प्रभावकारिता र स्थानीय तहमै उपयोग गर्न मिल्ने ज्ञान प्राप्त भएको भन्दै सकारात्मक प्रतिक्रिया जनाएका छन ।

कार्यक्रमको अनुगमन परोहा नगरपालिकाका DRR Focal Person तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरूले गरेका थिए। उनीहरूले तालिमले समुदायको आपतकालीन तयारी, प्रतिकार क्षमताको विकास तथा द्रुत प्रतिक्रियात्मक संरचनालाई मजबुत बनाउने उल्लेख गर्दै कार्यक्रमका आयोजनालाई उच्च प्रशंसा गरे।

यस परियोजनाको तर्फबाट राकेश पण्डित, शम्भु कर्ण र ललिता यादव सक्रिय रूपले सहभागी रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM