दुबई एयर शोमा सहभागी भारतीय लडाकु विमान ‘तेजस’ शुक्रबार प्रदर्शनका क्रममा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाको वास्तविक क्षण कैद भएको भिडियो सार्वजनिक भएसँगै घटना अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ।
तेजस विमान एक भारतीय वायुसेना पाइलटले उडाइरहेका थिए भने पाइलटको अवस्था बारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। विमानले एरियल डिस्प्ले प्रदर्शन गर्ने क्रममा अचानक नोजडाइभ भएर भुइँमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
हल (Hindustan Aeronautics Limited) द्वारा निर्मित उक्त विमान स्थानीय समय अनुसार दिउँसो करिब १ बजे जस्तो समयमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्। दुर्घटनाको क्षणमा ठूलो संख्यामा दर्शक उपस्थित थिए।
भारतीय वायुसेनाको आधिकारिक वक्तव्य भने अझै आइसकेको छैन। पाइलटको अवस्था, दुर्घटनाको कारण र क्षतिको विवरणबारे थप जानकारीको प्रतीक्षा भइरहेको छ।









