कार्तिक ५ अशोक यादब
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रवार बिहान एक स्कुल बसको ठक्करबाट एक बालकको मृ’त्यु भएको छ। जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको स्कुल बसको ठक्करबाट २ वर्षे आदित्य कुमार साहको मृ’त्यु भएको जिल्ला प्रहरीले जनाएको छ।









