रौतहट क्षेत्र–२ का सांसद उम्मेदवार सागर राज गुप्ताले परोहा नगरपालिका अन्तर्गत पर्ने श्री अन्होती लालमाध्यमिक विद्यालय, बसन्तपट्टीमा स्थलगत अनुगमन गर्दा शिक्षा क्षेत्रको दुर्गति देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अनुगमनका क्रममा विद्यालयको पुस्तकालयमै दारु (कस्तुरी) का बोतलहरू फेला परेको, त्यही कोठामा नास्ताका फालिएका डिब्बाहरू थुप्रिएको तथा कम्प्युटर ल्याब सम्पूर्ण रूपमा धूलोले ढाकिएको अवस्थामा भेटिएको गुप्ताले बताए।
यसबाहेक, शौचालयको ढोका भाँचिएको, विद्यार्थी बहिनीहरूले स्यानिटरी प्याडको अभाव तथा नियमित वितरण नहुने गुनासो गरेको पनि उनले जानकारी दिए।

गुप्ताका अनुसार विद्यालय व्यवस्थापन र नगरपालिकाले तत्काल सुधारात्मक कदम चाल्नुपर्ने माग गरेका छन्।









