२०८२ फाल्गुन १९ गते मंगलवार

७ मंसिरदेखि देश ठप्प पार्ने प्रसाईंको घोषणा, ‘खेलाडी त कुदेर पनि पुग्छन्’ भन्ने विवादास्पद भनाइ

 

अनिश्चितकालीन आन्दोलन घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरबाट देशभर सडकमै बस्ने चेतावनी दिएपछि राजनीतिक वातावरण फेरि तातिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्न तयार रहेको दावा गरे।

 

प्रसाईंका अनुसार आन्दोलन सुरुवात भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म व्यापार, बजार र सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ। उनले भने, “व्यवस्था परिवर्तन नभएसम्म छ्याप्पै राजमार्गमै बस्छु। पूर्व–पश्चिम सबै दोकान–व्यवसाय बन्द हुन्छ। थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने। बाटामा नआउनू।”

 

नेपाल प्रिमियर लिग (NPL) सुरु भएको समयमा आन्दोलनले प्रभाव पार्ने हो कि भन्ने प्रश्नमा प्रसाईंले आन्दोलन नरोकिने र दर्शकले घरमै बसेर खेल हेर्नुपर्ने बताए। पत्रकारले ‘देशै ठप्प भयो भने खेलाडी मैदानमा कसरी पुग्छन्?’ भनेर सोध्दा उनले हचुवैमा उत्तर दिए— “खेलाडी त कुदेर पनि गइहाल्छन् नि। प्रश्नमाथि प्रश्न नगर्नुस्।”

 

उनको कठोर चेतावनीसँगै देशव्यापी असर पर्ने सम्भावनाले सुरक्षा निकाय र प्रशासन पनि सतर्क हुन थालेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM