२०८२ फाल्गुन १९ गते मंगलवार

जानकी टोल र मुरैया बजारका सडक छेउका अव्यवस्थित पसल हटाउन गाउँपालिकाको पहल

पर्सा । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकी टोल र मुरैया बजार क्षेत्रका सडक छेउमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका पसलहरूका कारण भइरहेका सवारी दुर्घटनाबारे स्थानीयवासीको गुनासोपछि आज स्थलमै पुगेर निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सडक पेटीमा पसल सञ्चालनका कारण सवारी तथा पैदल यात्रु दुबैको आवागमनमा असजिलो र जोखिमपूर्ण स्थिति देखिएको अध्यक्ष यादवले बताएका छन्। यस्तो अवस्थाले दुर्घटनाको जोखिम बढाउँदै आएको हुँदा तत्काल सुधार आवश्यक रहेको पनि उनले औंल्याए।

Advertiesment
Advertiesment

निरीक्षण तथा संवाद कार्यक्रममा वडा नं–२ का वडा अध्यक्ष नेपाली कुशवाहा, स्थानीय नेता कृष्णमोहन यादव र अम्बिका प्रसादको विशेष उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले सो अवसरमा स्थानीय व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै बजारलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि १ महिनाको समयसीमा प्रदान गरेका छन्। उक्त अवधिभित्र सबै व्यापारीहरूले आफ्ना पसलहरू निश्चित दायरा भित्र राखी सडक अतिक्रमण नगरी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertiesment
Advertiesment

गाउँपालिकाले “दुर्घटनारहित सडक, स्वच्छ र आकर्षक बजार, जिम्मेवार समुदाय” भन्ने प्राथमिकतासहित बजार व्यवस्थापन अभियान अघि बढाएको छ।

अध्यक्ष यादवले जगरनाथपुरलाई अझ सुन्दर, सुरक्षित र विकासशील बनाउन सबै व्यापारी, स्थानीयवासी तथा युवाहरूको सहकार्यका लागि आभार व्यक्त गरेका छन्।

Advertiesment
Advertiesment

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM