२०८२ फाल्गुन २८ गते बिहीबार

मेयर प्रधुमन चौहानद्वारा केपी ओलीको नेतृत्वको प्रशंसा

शैलेश गुप्ता
पोखरिया। नेकपा एमाले पोखरिया नगर कमीटी पोखरियाले आयोजना गरेको नेकपा एमाले केन्द्रिय कार्यालयको सरकुलर अनुसार नेता तथा अगुवा कार्यक्रता भेला तथा जनसभा सम्पन भएको छ ।

भेलाबाट मोटरसाईकल रैलीको रैली पार्टी कार्यालयबाट सुरु भई विभिन्न वडाहरुमा परिक्रमा गरी पुन ः पोखरिया बजार स्थित सब बिसौनी चौकमा रैली कोण सभामा परिणत भएको नगर कमीटी अध्यक्ष विँध्याचल ठाकुरले जानकारी दिनु भएको छ । जनसभाको कार्यक्रममा प्रमुख अतिथी रहनु भएका सँविधान सभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एवम पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले सभालाई सँबोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको उच्च प्रशंसा गर्नुभएको छ।

Advertiesment
Advertiesment

सम्बोधन गर्दै मेयर चौहानले भने, “केपी ओली कुनै साधारण नाम होइन, उहाँ एक ब्रान्ड हो — विकास, राष्ट्रवाद र स्वाभिमानको प्रतीक हुन । उहाँका अनुसार केपी ओलीकै नेतृत्वमा देशले स्थायित्व, भौतिक पूर्वाधार र राष्ट्रिय पहिचानमा नयाँ उचाइ हासिल गरेको छ। चौहानले भने जनतालाई भ्रममा पार्ने, तोडफोड र आगजनीमा संलग्न समूहहरूबाट सतर्क रहन आग्रह गर्दै भने, “एमाले जनताको पार्टी हो, यसले कहिल्यै देश र जनताका हितविरुद्ध काम गर्दैन।” उहाँले एमालेको मुख्य लक्ष्य सुशासन, रोजगारी सिर्जना, समृद्ध अर्थतन्त्र र सबल राष्ट्र निर्माण रहेको बताउनुभयो।

उहाँले अझै थप्दै भन्नुभयो, “हामी सबै एमालेका कार्यकर्ताहरूले गाउँदेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाएर केपी ओलीको हात बलियो बनाउनुपर्छ। देशको विकासको सपना पूरा गर्न ओलीकै नेतृत्व अपरिहार्य छ।”

Advertiesment
Advertiesment

कार्यक्रममा, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी , सलाउदिन अहमद , युवा सँघको जिल्ला कमिटी अध्यक्ष सुवास साह कानु , भगवान प्रसाद कुर्मी ,सुरेस सासवान सन्तोष गिरी , सुजित गिरी ,राकेश महतो , बँका प्रसाद कुर्मी , महेन्द्र महतो चाई ,केदार महतो चाई, स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले एमाले नेतृत्वको सरकारले मात्र देशलाई राजनीतिक स्थायित्व, आर्थिक प्रगति र राष्ट्रिय एकताको बाटोमा अघि बढाउन सक्ने आम जनमानसमा विश्वास व्यक्त गरे।

सभाको अन्त्यमा सहभागीहरूले केपी ओली र नेकपा एमाले प्रती समर्थन व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर अघि बढ्ने बताएका हुन ।

Advertiesment
Advertiesment

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM