२०८२ फाल्गुन १९ गते मंगलवार

एनएमबि लघुवित्तद्वारा इलाका प्रहरी कार्यालय बर्दिवासलाई ईलेक्ट्रोनिक पानिको फिल्टर (RO) हस्तान्तरण

बर्दीबास। ईलाका प्रहरी कार्यालय बर्दिवास लाई एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १ थान ईलेक्ट्रोनिक पानिको फिल्टर (RO ) सहयोग गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालय पोखरा–८ न्युरोड, कास्की बाट प्रादेशिक कार्यालय बर्दिवास मार्फत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो।

Advertiesment
Advertiesment

सहयोगका रूपमा प्रदान गरिएका १ थान ईलेक्ट्रोनिक पानिको फिल्टर ( RO System ) इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनय कुमार सिंह लाई सोमबार औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा एनएमबि लघुवित्तका मधेश प्रदेश प्रमुख नबिन खतिवडा, गौरिडाँडा शाखाका शाखा प्रमुख प्रदिप कुमार श्रेष्ठ, ढल्केबर शाखाका शाखा प्रमुख सरोज कुमार दास, ढल्केबर शाखाका कर्मचारी सन्तोस कुमार रजक साथै गौरिडाँडा शाखाका कर्मचारीहरु राकेश कुमार सहनी र सुरज कुमार कुर्मीको उपस्थीती भएको थियो भने ईलाका प्रहरी कार्यालय वाट प्रहरी निरिक्षक बिनय कुमार सिँह,बरिष्ठ प्रहरी नायब निरिक्षक कुबेर खतिवडा, प्रहरी सहायक निरिक्षक काल सिंह लामा साथै अन्य कर्मचारीहरुको पनि उपस्थित रहेको थियो।

Advertiesment
Advertiesment

प्रदेश प्रमुख नबिन खतिवडाका अनुसार,संस्थाले समुदाय र सार्वजनिक संस्थाका आवश्यकता अनुसार सहयोग गर्दै आएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासलाई सहयोग गर्नु पनि सोही उत्तरदायित्व अन्तर्गतको निरन्तरता हो। प्रहरी निरिक्षक सिंहले यस किसिमको कार्यले ईलाका प्रहरी कार्यालयमा कर्मचारीहरु सगै त्यस कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले बोतलको पानि तथा जारको पानि किनेर खानुपर्ने नपर्ने हुनाले आम सेवाग्रही र कर्मचारीहरु लाभ हुने भएकाले सहयोगी संस्था एनएमबि लघुवित्त लाई आभार प्रकट गर्नुका साथै धन्यवाद ग्यापन गर्नुभएको थियो ।

Advertiesment
Advertiesment

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM