अशोक यादव
रौतहट, कार्तिक १८ | रौतहटको माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले फेक अडियोमार्फत आफ्नो नाम जोडेर समाचार प्रकाशन र प्रसारण गरिएको प्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अडियोबारे स्पष्टिकरण दिँदै यादवले उक्त अडियोमा सुन्न सकिने आवाज नगरपालिकाका कुनै पनि निर्वाचित जनप्रतिनिधि वा कर्मचारीको नभएको दाबी गरेका छन्।
उनका अनुसार नगरपालिकाको बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा नक्कली आवाज प्रयोग गरी अडियो तयार पारिएको हो।
यादवले यस्तो कार्य कानूनी अपराध भएको उल्लेख गर्दै, भ्रम फैलाउनेहरूमाथि आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।










