२०८२ फाल्गुन १९ गते मंगलवार

‘नहाय–खाय’ विधिसँगै छठ पर्वको शुभारम्भ

वीरगञ्ज । आजदेखि सूर्य आराधना र पवित्रता प्रतीक छठ पर्व औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म चल्ने यो पर्वमा बर्तालु महिलाहरूले दुई दिनसम्म अन्नपानी त्यागी उपवास बस्नेछन्।

पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ भने दोस्रो दिन आइतबार ‘खरना’ गरिन्छ, जहाँ उपवास तोड्नेगरी रातमा खीर पकाइदेवीलाई चढाइन्छ।

मूल दिन सोमबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ। यस अवसरमा ठेकुवा, भुसवा, केराको घरी, माटोका हात्ती, सूप र कनसुपतीजस्ता सामग्रीको विशेष तयारी गरिन्छ।

अन्तिम दिन मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM