२०८२ फाल्गुन १९ गते मंगलवार

जगरनाथपुर गाउँपालिका–२ जानकी टोलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते

रेयाज हुसेन

पर्सा । जगरनाथपुर गाउँपालिका–२ जानकी टोलस्थित प्रहरी चौकी नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना चालक गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार दुर्घटना दिउँसो को करिब ७ बजे भएको हो। ठक्करका कारण दुबै मोटरसाइकल चालक घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM