१ कात्तिक । अशोक यादब
शनिबार दिउँसो खोलामा नुहाउन गएका देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगर बस्ने सञ्जीव साहका १० वर्षीय छोरा नीरज साह र सञ्जीवका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले बालकहरू नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि डुबेको जनाएको छ। स्थानीयवासीले तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्याए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ।









