एजाज अंसारी
पर्सा । धाेबिनी गाउँपालिका–५ तीन बामा पुल नजिक एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीले बिहीबार बिहान पुलनजिक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

लङ्गडी इलाका प्रहरी कार्यालयका अनुसार मृतकको उमेर करिब २० देखि २४ वर्षको बीचमा रहेको अनुमान गरिएको छ। हालसम्म मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। शवलाई परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ। घटनाको प्रकृति हेर्दा यो शंकास्पद मृत्यु हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।









