२०८२ फाल्गुन १९ गते मंगलवार

जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता सुरु

Advertiesment

वीरगञ्ज । शुभ दीपावलीको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता सुरु गरेको छ। मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहाँमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले गर्नुभयो।

उद्घाटन समारोहमा उप–प्रमुख आलमले खेलाडीहरूलाई शुभकामना दिँदै भन्नुभयो, “खेलप्रति युवाहरूको उत्साह देख्दा निकै खुसी लागेको छ। खेलले शारीरिक मात्र होइन, मानसिक रूपमा पनि मानिसलाई सबल बनाउँछ। म पनि बाल्यकालमा बलरको रूपमा क्रिकेट खेल्ने गर्थें। क्रिकेट अहिले विश्वकै लोकप्रिय खेल बनेको छ, र नेपालले टि–२० विश्व छनोटमा स्थान सुरक्षित गरेकोमा गर्व छ।” आलमले आगामी दिनमा जगरनाथपुर गाउँपालिकाबाट पनि राष्ट्रिय टिमका खेलाडी निस्कने विश्वास व्यक्त गर्दै सहभागी सबै टोलीहरूलाई जितका लागि शुभकामना दिनुभयो। उहाँले फिता काटी र ब्याटिङ गर्दै खेलको औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, गाउँपालिकाकी उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, खेलप्रेमी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो। सप्ताहव्यापी हुने सो प्रतियोगितामा विभिन्न वडाका टिमहरूले आपसी खेलभावना र खेलकौशलका साथ प्रतिस्पर्धा गर्ने जनाइएको छ। गाउँपालिकाका अनुसार यस प्रतियोगिताको उद्देश्य स्थानीय युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नु, आपसी सद्भाव बढाउनु र खेलकुदमार्फत स्वास्थ्यप्रति सचेतना फैलाउनु रहेको

Advertiesment

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM