२०८२ फाल्गुन १९ गते मंगलवार

हैजा रोग माहामारी बिरुद्धको खोप पोखरियामा मेयर चौहान लाई खुआई स्वास्थ्य कर्मीले द्वारा संचालन 

शैलेश गुप्ता  २६ असोज पोखरिया

पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको माहामारीको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हैजा रोगको माहामारी बिरुद्ध प्रतिकार्य खोप अभियान अाईतबार देखि पर्साको पोखरिया नगरपालिकामा नगर प्रमुख चौहानलाई  खुवायर स्वास्थय कर्मीहरुले संचालन गरेका छन।

पोखरिया नगर प्रमुख प्रधुमन चौहानले  आफ़ै खोपको अौषधी खाएर सुरुवात  गरेका हुन। नगरप्रमुख चौहानले भने नगरभित्रका १ वर्ष माथीका एक जना मानिसहरु  हैजा रोग बिरुद्ध खोप लिन  बाट  बंचित नरहोस भन्दै जोड दिनु भएका छन।  हैजा रोग बिरुद्ध को खोप वडा नं ४  वडाअध्यक्ष लक्ष्मण साह कानु ,प्रमुख प्रसाशकिय अधिकृत राम बिनय सिंह ले अौषधी खानु भएको थियोे ।हैजा रोग बिरुद्ध खोप को पहिलो दिन  पोखरिया नगरपालिका का १० वटैवडामा ४ हजार ८सय ७६  जना ले खोप  थोपा  खाएको पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव सिंह पटेलले जनाएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM