२०८२ फाल्गुन १९ गते मंगलवार

६ दिनपछि बेपत्ताको शव फेला

एजाज अंसारी

अविरल वर्षाले दुधौरा नदीमा आएको बाढीका कारण बाराको प्रसौनी गाउँपालिका–२ का शम्भु गोसाईका २१ वर्षीय छोरा बिकी गोसाई बेपत्ता भएका थिए।

लगातार खोजी कार्य जारी रहेपनि उनी फेला परेका थिएनन्।

 

तर, घटना भएको छ दिनपछि आज त्रिवेणी जाने बाटोमा पर्ने बंगरी पुल नजिक बिकी गोसाईको शव फेला परेको फेटा गाउँपालिका–७ गम्हरियाका नसरोदिन अंसारीले जानकारी दिएका छन्।

 

स्थानीय प्रशासन र प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM