२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटका प्रतिनिधिहरूको झुकाव बालकिशोर यादवतर्फ

मेवालाल यादव

असोज २७ र २८ गते हुन गइरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश अधिवेशनलाई लक्षित गर्दै रौतहटका अधिकांश प्रतिनिधिहरूको झुकाव प्रदेश अध्यक्ष पदका उम्मेदवार बालकिशोर यादवको पक्षमा रहेकोे पुर्व जिल्ला अध्यक्ष श्यामबिहारी यादवले बताएका छन ।

 

पार्टीभित्र प्रदेश नेतृत्व चयनको तयारी तीव्र भइरहेका बेला यादवको पक्षमा , रौतहट , पर्सा , बारा , सर्लाही , महोत्तरी , धनुषा , सिरहा , सप्तरीमा बढ्दो समर्थनले आगामी अधिवेशनमा प्रदेश अध्यक्ष पदका उम्मेदवार बालकिशोर यादवलाई जित सुनिश्चित जस्तै देखिएको यादवले बताए ।

 

स्थानीय तहका प्रतिनिधि, जिल्ला संयोजक, तथा युवा संगठनका नेताहरूले समेत यादवको नेतृत्वमा मधेस प्रदेशलाई “सशक्त र एकीकृत” बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, यादवको लामो संगठनात्मक अनुभव र पार्टीप्रतिको निष्ठा नै उनीप्रति बढ्दो समर्थनको प्रमुख कारण बनेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM